दफा ३०
विदेशी सवारी चलाउन अनुमति दिने
विदेशमा दर्ता भएको सवारी नेपाल  भित्र चलाउने अनुमति मागेमा अधिकार प्राप्त अधिकारीले तोकिएको दस्तुर लिई बढीमा एक महीनासम्मको लागि त्यस्तो सवारी चलाउने अनुमति दिन सक्नेछ ।
तर त्यस्तो सवारीलाई नेपाल भित्र यातायात सेवा सञ्चालन गर्ने अनुमति दिइने छैन ।